Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

रास्वपाको मधेस प्रदेशस्तरीय विस्तारित बैठक सर्लाहीमा





जनकपुरधाम ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरू भएको छ । सर्लाहीको लालबन्दीमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता झालगायतका नेता सर्लाही पुगेका छन् । बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी छन् । बैठक सुरु हुनुअघि लालबन्दीमा सभापति लामिछाने, उपसभापति वाग्लेसहितको उपस्थितिमा ¥याली गरिएको थियो । रास्वपाले असोज पहिलो साता राष्ट्रिय भेला गर्दैछ ।
भेलाअघि सभापति लामिछानेको उपस्थितिमा सबै प्रदेशमा बैठक गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज मधेश झरेका हुन् ।