Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

महाराष्ट्रमा छत्रपति शिवाजीको प्रतिमा ढलेपछि मूर्तिकार पक्राउ





एजेन्सी ।
भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको थियो ।

उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए । आलोचकले प्रतिमाको गुणस्तर र प्रतिमा अनावरण गर्ने सरकारको हतारोमा प्रश्न उठाउँदै आएका थिए ।
त्यसपछि प्रधानमन्त्री मोदी, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धे, उपमुख्यमन्त्री अजित पवार लगायतले माफी मागेका थिए । यद्यपि विपक्षीले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका थिए ।