Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन





काठमाडौँ ।
संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भिर त्रुटि गरेको निश्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो ।
परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।