Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वर्तमान सरकारले आगामी निर्वाचनको होइन, देश र जनताको चिन्ता गर्नुपर्छः पूर्वमन्त्री महत





जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले अहिलेको सरकारले आगामी निर्वाचनको चिन्ता छोडेर देश र जनताप्रति केन्द्रित भएर काम गर्नु आवश्यक रहेको बताएका छन् ।
विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती विषयका गोष्ठीलाई सम्बोधन गर्दै महतले वर्तमान सरकार डेलिभरी दिनेगरी काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । आगामी निर्वाचनमा गठबन्धन वा चुनावी तालमेलको चिन्ता छोडेर देश र जनताकालागि काम गर्नु अहिले आवश्यक छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीको प्रवृतिबाट वाक्कदिक्क भएर दुई ठूला दल एकठाउँमा आएका छन्, उनले भने ‘कांग्रेस र एमालेबिच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुन्छ नै तर अहिले जनताका लागि काम गर्नुछ ।’
एक अर्को प्रसंगमा पूर्व अर्थमन्त्री महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्यून हुनु चिन्ताको विषय रहेको बताए । नेपाल कृषि प्रधान देश हो, त्यसमाथी कृषिमा निर्भर जनसंख्या अधिक छ तर आय भने न्यून हुनु सोच्नुपर्ने विषय रहेको उनले भने । महतले नेपालको अर्थतन्त्रमा कृषिको योगदान दिनप्रति दिन घट्दै गएर अहिले आएर २४ प्रतिशतमा सीमित भएको बताए । देश र जनताको विकासका लागि कृषिमा प्रविधिकरणलाई बढावा दिएर लागत घटाएर आम्दानीमा बृद्धि गर्न तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताए ।