Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

वर्तमान सरकारले आगामी निर्वाचनको होइन, देश र जनताको चिन्ता गर्नुपर्छः पूर्वमन्त्री महत





जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले अहिलेको सरकारले आगामी निर्वाचनको चिन्ता छोडेर देश र जनताप्रति केन्द्रित भएर काम गर्नु आवश्यक रहेको बताएका छन् ।
विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती विषयका गोष्ठीलाई सम्बोधन गर्दै महतले वर्तमान सरकार डेलिभरी दिनेगरी काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । आगामी निर्वाचनमा गठबन्धन वा चुनावी तालमेलको चिन्ता छोडेर देश र जनताकालागि काम गर्नु अहिले आवश्यक छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीको प्रवृतिबाट वाक्कदिक्क भएर दुई ठूला दल एकठाउँमा आएका छन्, उनले भने ‘कांग्रेस र एमालेबिच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुन्छ नै तर अहिले जनताका लागि काम गर्नुछ ।’
एक अर्को प्रसंगमा पूर्व अर्थमन्त्री महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्यून हुनु चिन्ताको विषय रहेको बताए । नेपाल कृषि प्रधान देश हो, त्यसमाथी कृषिमा निर्भर जनसंख्या अधिक छ तर आय भने न्यून हुनु सोच्नुपर्ने विषय रहेको उनले भने । महतले नेपालको अर्थतन्त्रमा कृषिको योगदान दिनप्रति दिन घट्दै गएर अहिले आएर २४ प्रतिशतमा सीमित भएको बताए । देश र जनताको विकासका लागि कृषिमा प्रविधिकरणलाई बढावा दिएर लागत घटाएर आम्दानीमा बृद्धि गर्न तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताए ।