Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

सिरहाका रुपेशको मलेशियामा संगै काम गर्ने साथीले गरे हत्या





जनकपुरधाम ।
सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेको छ ।
मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न ।
घटनाको जानकारीपछि मलेसिया प्रहरीले तत्कालै निलमलाई नियन्त्रणमा लिएको छ । यादवको हत्याले गाउँ र परिवार शोकमा डुबेको छ । घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले सरकारसँग उचित पहलको अपील गरेका छन् ।
यो घटनाले वैदेशिक रोजगारमा गएका नेपाली आफ्नै साथीबाट असुरक्षित रहेको देखाएको छ । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ ।