Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारत–पाकिस्तानबिचको कटुताले सार्क बैठक फेरी प्रभावित हुने निश्चित





काठमाडौँ ।
भारत–पाकिस्तान कटुताका कारण संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा न्युयोर्कमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको छ ।
सार्कको एक सदस्य अफगानिस्तानबारे हालसम्म कुनै निर्णय हुन नसकेको र भारत–पाकिस्तानको लगातारको द्वन्द्वको कारण न्युयोर्कमा यसपटक पनि परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको हो । यसअघि पनि ३ पटक यस्तो बैठक भएको थिएन ।
परराष्ट्र स्रोतकाअनुसार पहिलेदेखि नै तालिबानले काबुलमा सरकारको नेतृत्व गरेपछि हालसम्म कुनै पनि मुलुकले तालिबान सरकारलाई मान्यता नदिएको समस्या त छदैछ, साथमा भारत–पाकिस्तान बीचको कटुताले गर्दा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको हो ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभा भदौ २५ (सेप्टेम्बर १०) मा राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु हुनेछ । महासभाको उच्चस्तरीय छलफल भने असोज ८ देखि १३ (सेप्टेम्बर २४ देखि २९) सम्म चल्नेछ । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डल न्युयोर्क जाने तयारीमा छ ।
अध्यक्ष मुलुकको हैसियतमा नेपालले उक्त सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठककालागि सदस्य मुलुकहरुलाई प्रस्ताव गरेको थियो ।
नेपालले अफगानिस्तानबाहेक नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशलाई प्रस्ताव गरेको हो । तर सदस्य मुलुकहरुमा अफगानिस्तानको अवस्था तथा भारत र पाकिस्तानबीच एकअर्कासँग नबस्ने समस्याको चेपमा उक्त सार्क मन्त्रीस्तरीय साइडलाइन बैठक परेको हो ।
नेपालले सार्क सचिवालयमार्फत महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठकका लागि सेप्टेम्बर २६ (असोज १०) को लागि प्रस्ताव गरेको थियो । अफगानिस्तानमा सन् २०२१ देखि तालिबान नेतृत्वको सरकार छ । उसलाई अन्तर्राष्ट्रिय समुदायले हालसम्म मान्यता दिइसकेको छैन ।
सन् २०२० पछि महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेको छैन । सन् २०२० मा भने कोरोना महामारीका कारण भर्चुअल रुपमै उक्त साइडलाइन बैठक भएको थियो । त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारत र पाकिस्तानका प्रतिनिधि सहभागी थिए ।