Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ब्वाँसाले ८ जनालाई मारेपछि उत्तर प्रदेश सरकारले दियो गोली हान्ने आदेश





एजेन्सी ।
भारतीय राज्य उत्तर प्रदेशमा ब्वाँसाको आक्रमण बढ्दै गएपछि सरकारले गोली हान्न आदेश जारी गरेको छ । प्रमुख वन संरक्षक (वन्यजन्तु) ले जारी गरेको आदेशमा पछिल्लो दुई महिनामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको उल्लेख छ ।
यो घटना उत्तर प्रदेशको बहराइच जिल्लामा भएको हो । हिंस्रक ब्वाँसाको आक्रमणले स्थानीयमा त्रास फैलिएको छ । ब्वाँसाको पक्रिन नसकेपछि अहिले ‘मार्ने आदेश’ दिइएको हो । यसका लागि तीनजना सशस्त्र प्रहरी खटाइएको छ ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ११ (१) ए द्वारा प्रदत्त अधिकारको प्रयोगमा यो आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ ।