Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

असोज पहिलो साता उपनिर्वाचनको मिति तोक्ने तयारी





काठमाडौँ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहमा रिक्त स्थानका लागि आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने बताएका छन् ।
प्रमुख आयुक्त थपलियाले यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो सातातिर निर्वाचन गर्नेबारे कुराकानी भएको जानकारी दिए ।
आयोगले निर्वाचनको तयारीका लागि स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागेको उनले बताए । यसअघि ३४ ठाउँमा रिक्त भएकोमा त्यसमा थप रिक्त रहेकोबारे जानकारीका लागि आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्रमुख आयुक्त थपलियाले भने, ‘स्थानीय तहको उपनिर्वाचन भएको हुनाले हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहको रिक्त रहेको आधिकारिक विवरण पठाइदिनू भनेर पत्राचार गरेका छौँ । सँगसँगै हाम्रा जिल्लास्थित निर्वाचन कार्यालयबाट फरक नपर्ने गरी विवरण पठाउन भनेका छौँ ।’ अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण सङ्कलन भइरहेको उनले बताए ।
आयोगले उपनिर्वाचनका लागि मतदाता विवरण अध्यावधिक गर्ने काम पनि सुरु गरिसकेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरिरहेको थपलियाले बताए ।
आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको छ । यस्तै मतपत्र बाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने थपलियाको भनाइ छ ।
आयोगका अनुसार ३४ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुने भएपछि विभिन्न राजनीतिक दलले आन्तरिक तयारी थालेका छन् । भदौ पहिलो साता बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीले विभिन्न कारणले रिक्त रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूको पदपूर्तिका लागि मंसिरको तेस्रो हप्तामा उपनिर्वाचन हुने अवस्था रहेको भन्दै त्यसका लागि आन्तरिक तयारी थालेको छ ।