Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

बालेन समर्थकले चलाए प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान





काठमाडौँ ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै अनफलो अभियान चलेको हो ।
प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन् ।
बालेन शाहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’
उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् । त्यसो त एमाले र बालेनबिच काठमाडौँको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ । एमालेले यसविरुद्ध संगठितरुपमै विरोध र ज्ञापनपत्र काठमाडौँ महानगरलाई बुझाएको छ ।
यो विषय महानगरकै नगरसभामा पनि प्रवेश भएको छ । मंगलबारको बैठकमा उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरुले बालेनको आलोचना गरेका थिए ।