काठमाडौँ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशिष समितिको म्याद १५ दिन थप गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए । ‘समितिले सार्वजनिक विदाको दिन सहित मध्यरात सम्म काम गरेको छ‚’ उनले भने ।