Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान अमेरिकाले गर्यो कब्जा





एजेन्सी ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको दाबी गर्दै कब्जा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९००ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको थियो र पछि अमेरिकाको फ्लोरिडामा उडाइएको थियो ।
यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिङ डाटाले भने यो राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट सोमबार फ्लोरिडा पुगेको देखाएको छ । भेनेजुएलाले विमान कब्जाको विरोध गर्दै ‘डकैती’ भनेको छ । विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षति पूर्तिका लागि कानुनी कारबाही गर्ने अधिकार आफूसँग रहेको दाबी गरेको छ ।
अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन् । उनीहरूको दाबीअनुसार मदुरोसँग सम्बन्धित व्यक्तिहरूले २००२–२०२३ को बीचमा विमानको अवैध खरिदका लागि क्यारेबियन सेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ । विमान किनेको कम्पनी फ्लोरिडाको हो ।
यो विमान अप्रिल २०२३ मा अवैध रूपमा भेनेजुएला ल्याइएको थियो । जुलाईमा मादुरोले फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ । अमेरिकी संघीय एजेन्सीले मदुरोलाई भ्रष्टाचारको आरोप लगाएको यो पहिलोपटक होइन ।
२०२० मा अमेरिकी न्याय विभागले मादुरो र अन्य १४ अधिकारीलाई लागुपदार्थ–आतंकवाद, भ्रष्टाचार र लागुपदार्थ तस्करीको आरोप लगाएको थियो । अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ ।