Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

लोसपाले आह्वान गर्यो केन्द्रीय कार्यकारिणी समिति बैठक





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर आवश्यक कार्यक्रम सञ्चालन गर्न बैठक भोलि बोलाएको हो । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका सचिव प्रतिक पाठकले जानकारी दिए ।
संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव सङ्कलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ ।
बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ । आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ ।