Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

वडाध्यक्ष यादवको मृत्यु प्रकरणमा मलाई फसाउन खोजियोः शिक्षक झा





रामगोपालपुर वडा नम्बर २का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यु प्रकरणमा मलाई फसाउन खोजिएको एक शिक्षकले दावी गरेका छन् । श्री उच्च मावि बसपीट्टी बसन्तपुरका शिक्षक संजीवकुमार झाले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सो घटनामा कुनै किसिमको संलग्नता नरहेपनि मलाई फसाउने गरी प्रचारवाजी गरिएको दावी गरे ।
रामगोपालपुर २का वडाध्यक्ष यादवको गत भदौ ९ गते मोटरसाइकल दुर्घटनामा भई मृत्यु भईसकेको अवस्थामा शव फेला परेको थियो । शुरुमा यादवको मृत्यु दुर्घटनाबाटै भएको भनिएपनि पछि हत्या गरिएको आशंका स्थानीय तथा प्रहरीले गरेपछि यो घटना तातिएको थियो । घटना भएको दिन शिक्षक झापनि मृतक यादवसंगै रहेकाले वडाध्यक्ष यादवको हत्यामा उनको संलग्नता हुन सक्ने भन्दै माओवादी केन्द्रका नेताहरुले आरोप लगाएका थिए ।
सो आरोपको खण्डन गर्दै शिक्षक झाले म र वडाध्यक्ष यादव घनिष्ठ मित्र रहेको र घटनाको दिन आफू उहाँसंग खाजा खाँदा मात्रै साथमा रहेको स्वीकार गरे । उनले भने ‘म र मुकेश घनिष्ठ मित्र थिएँ, त्यो दिन एक होटेलमा बियर खाजा खाएँ तर राति ११ बजे आफू घर फर्कि सकेपछि मुकेश कहाँ गयो थाहा भएन ।’ अगाडी भने मुकेशको मृत्यु भएको विषयमा घटना भएको भोलीपल्ट आफूलाई रामगोपालपुर वडा १मा रहेको मैले पढाउने विद्यालय श्री उच्च मावि बसपीट्टी बसन्तपुरमा पुगि सकेपछि मात्रै थाहा पाएँ ।’
तर माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्यहरुले पुरानो रिसिवी साध्ने उद्देश्यले बिना अनुसन्धान तथा बिना प्रमाण फसाउन खोजेको शिक्षक झाले दावी गरे ।