Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वडाध्यक्ष यादवको मृत्यु प्रकरणमा मलाई फसाउन खोजियोः शिक्षक झा





रामगोपालपुर वडा नम्बर २का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यु प्रकरणमा मलाई फसाउन खोजिएको एक शिक्षकले दावी गरेका छन् । श्री उच्च मावि बसपीट्टी बसन्तपुरका शिक्षक संजीवकुमार झाले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सो घटनामा कुनै किसिमको संलग्नता नरहेपनि मलाई फसाउने गरी प्रचारवाजी गरिएको दावी गरे ।
रामगोपालपुर २का वडाध्यक्ष यादवको गत भदौ ९ गते मोटरसाइकल दुर्घटनामा भई मृत्यु भईसकेको अवस्थामा शव फेला परेको थियो । शुरुमा यादवको मृत्यु दुर्घटनाबाटै भएको भनिएपनि पछि हत्या गरिएको आशंका स्थानीय तथा प्रहरीले गरेपछि यो घटना तातिएको थियो । घटना भएको दिन शिक्षक झापनि मृतक यादवसंगै रहेकाले वडाध्यक्ष यादवको हत्यामा उनको संलग्नता हुन सक्ने भन्दै माओवादी केन्द्रका नेताहरुले आरोप लगाएका थिए ।
सो आरोपको खण्डन गर्दै शिक्षक झाले म र वडाध्यक्ष यादव घनिष्ठ मित्र रहेको र घटनाको दिन आफू उहाँसंग खाजा खाँदा मात्रै साथमा रहेको स्वीकार गरे । उनले भने ‘म र मुकेश घनिष्ठ मित्र थिएँ, त्यो दिन एक होटेलमा बियर खाजा खाएँ तर राति ११ बजे आफू घर फर्कि सकेपछि मुकेश कहाँ गयो थाहा भएन ।’ अगाडी भने मुकेशको मृत्यु भएको विषयमा घटना भएको भोलीपल्ट आफूलाई रामगोपालपुर वडा १मा रहेको मैले पढाउने विद्यालय श्री उच्च मावि बसपीट्टी बसन्तपुरमा पुगि सकेपछि मात्रै थाहा पाएँ ।’
तर माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्यहरुले पुरानो रिसिवी साध्ने उद्देश्यले बिना अनुसन्धान तथा बिना प्रमाण फसाउन खोजेको शिक्षक झाले दावी गरे ।