Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमाले प्रदेश अध्यक्षहरुको घटुवा निर्णय कार्यान्वयनमा ल्याइयो

पोलिटब्युरो बैठकमा बोलाइएन





काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश अध्यक्षको पोलिटब्यूरोबाट घटुवा गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक बसेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसअघि गरेको निर्णय अनुसार प्रदेश अध्यक्षहरुलाई मंगलबारको पोलिटब्युरो बैठकमा नबोलाइएको जानकारी दिए । एमालेले यसअघि प्रदेश अध्यक्षलाई पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको भए पनि त्यसको विरोध भएपछि प्रदेश अध्यक्षको हैसियत घटुवा गर्दै केन्द्रीय सदस्य मात्रै हुने निर्णय गरेको थियो । त्यसबारे २०८० मै एमालेले सर्कुलर जारी गरेको भए पनि ढिलागरी उक्त निर्णय कार्यन्वयन भएको हो ।
पोलिटब्यूरो बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।