Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

रामगोपालपुर २का वडाअध्यक्ष यादवको मृत्यु घटनाको सीआईबीबाट अनुसन्धान गर्न माग





काठमाडौं ।
विभिन्न दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युबारे छानबिनका लागि सहयोग गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरुले अध्यक्ष प्रचण्डलाई मंगलबार बिहान सामूहिक रुपमा भेटेर ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् ।
वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो ।
भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरुले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएको जस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्मेटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा भेटिएको आदि कारणले दुर्घटना नभई हत्या हुनसक्ने उनीहरुको भनाइ छ ।
शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोबाटै छानविन हुनुपर्ने माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सो घटनालाई आफुले गम्भीर रूपमा लिएको बताए । तराई मधेश क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको भन्दै प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षको मृत्यु र मधेसमा भैरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।
सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा. सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह र मृतकका परिवारका सदस्य सहभागी थिए ।