Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

सहकारी छानबिन संसदीय समितिको म्याद थपिने





काठमाडौं ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ ।
मंगलबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदैछ ।
सभापति थापाले सभामुख देवराज घिमिरेलाई भेटेर समितिको म्याद थपका लागि प्रस्ताव राखेपछि सभामुखले उक्त विषय प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्न लगाएका हुन् ।
संसद सचिवालय स्रोतका अनुसार यो समितिको म्याद १५ दिन थप गर्ने राजनीतिक सहमति भइसकेको छ र त्यसै अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकबाट निर्णय हुनेछ ।