Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मेरो उम्मेदवारीबाट हतास भएकाहरु उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला फैलाएः जितेन्द्रप्रसाद साह





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका जितेन्द्रप्रसाद साहले आफूले उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला फैलाइएको बताएका छन् । जउवा संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त रहेको समयमा साहले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलाइएको थियो ।
उनले एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी कायमै रहेको र उम्मेदवारी फिर्ता लिएको झुठो हल्ला फैलाइएको बताए । उनले भने ‘मेरो उम्मेदवारीबाट हतास भएकाहरु मेरो विषयमा फैलाई रहेका छन्, निर्वाचनमा होमिनु अघि नै पराजय स्वीकार गरिसकेकाहरुको यस्तो भ्रामक हल्लाबाट म हल्लिनेबला होइन ।’
उनले मैले उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला मात्रै नभई मेरा साथी मित्रहरुको हिम्मत तोड्नेगरी फोन कलहरु समेत आएको दावी गरे । साहले जनकपुरधाम उद्योग वाणिज्य संघ राजनीतिक शक्तिको हातमा हाइजैक भईरहेको दावी गरे यो पटक व्यापारीलाई जिताउन आग्रह गरे । उनले भने ‘जनकपुरधाम उद्योग वाणिज्य संघलाई राजनीतिक चंगुलबाट निकाल्न म जस्ता व्यापारीलाई नेतृत्वमा जिताउने विश्वास छ ।, मलाई जिताएर व्यापारीहरुलाई जिताउन चाह्नु हुन्छ वा राजनीतिक शक्तिलाई त्यो यहाँका व्यापारी साथीहरुको हातमा छ ।