Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्लाहीबाट नक्कली नोट बनाउने ८ जना पक्राउ





जनकपुरधाम ।
सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरको अवस्थामा भारतीय सीमा क्षेत्रबाट आठ जनालाई पक्राउ गरेको छ ।
भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, सोही ठाउँका ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई छन् ।
‘मधुबनीमा सिँचाईका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो,’ एसपी सिंहले भने, ‘उनीहरुको साथबाट केही नगद र नक्कली नोट बनाउने केमिकल र उपकरणहरु बरामद भएको छ ।’
उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।
उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए । ‘उनीहरुले कसरी नक्कली नोट तयार गर्थे, हामी अनुसन्धान गर्दैछौँ,’ एसपी सिंहले भने ।