Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पश्चिम बंगालमा नाबालिगलाई बलात्कारको प्रयास गर्ने ल्याब प्राविधिक पक्राउ





एजेन्सी ।
पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ । ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
यो घटना शनिबार राति भएको बताइएको छ, त्यसपछि पीडित परिवारले अस्पतालमा हंगामा मच्चाएको छ । सिटि स्क्यान ल्याबबाट नाबालिग रोएर बाहिर निस्कँदा आरोपितले उनी र उनको परिवारलाई धम्की दिएर प्रहरीमा नजान चेतावनी दिएको परिवारका सदस्यले प्रहरीलाई बताए ।
यो घटना सार्वजनिक भएपछि आइतबार बिहानैदेखि विभिन्न राजनीतिक दलका व्यक्तिले अस्पतालमा हंगामा मच्चाएका थिए र आरोपितलाई पक्राउ गर्न माग गरेका थिए ।
यसैबीच पश्चिम बङ्गाल प्रहरीले विज्ञप्ति जारी गर्दै आरोपितलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।