Breaking 
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ |

भारतको तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, ९ जनाको मृत्यु





एजेन्सी ।
भारतको तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै क्षेत्रमा बाढी आएको छ ।
रेल र बस सेवा प्रभावित भएका छन् । दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्सका २६ टोली खटाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेभान्थ रेड्डीसँग कुरा गर्दै उनीहरूलाई केन्द्रबाट सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। तेलंगानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले धेरै सावधानी अपनाए पनि तेलंगानामा ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तेलंगानाको महबुबाद र खम्मन जिल्लामा बाढीमा कम्तीमा तीन जना डुबेको आशङ्का गरिएको छ । मुख्यमन्त्री रेवन्त रेड्डीले आपतकालीन बैठक बोलाएका छन् । तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा आज पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।