Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, ९ जनाको मृत्यु





एजेन्सी ।
भारतको तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै क्षेत्रमा बाढी आएको छ ।
रेल र बस सेवा प्रभावित भएका छन् । दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्सका २६ टोली खटाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेभान्थ रेड्डीसँग कुरा गर्दै उनीहरूलाई केन्द्रबाट सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। तेलंगानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले धेरै सावधानी अपनाए पनि तेलंगानामा ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तेलंगानाको महबुबाद र खम्मन जिल्लामा बाढीमा कम्तीमा तीन जना डुबेको आशङ्का गरिएको छ । मुख्यमन्त्री रेवन्त रेड्डीले आपतकालीन बैठक बोलाएका छन् । तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा आज पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।