Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

रामजानकी रंगशालाको डीपीआर तयार गर्न निर्देशन





जनकपुरधाम ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश सरकारलाई जनकपुरधाममा रहेको श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालाको डीपीआर तयार प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।
श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निरिक्षण गर्न जनकपुरधाम आई पुगेका मन्त्री चौधरीले ११औं रास्ट्रीय खेलकूद मधेशमै हुने भएका सोही अनुरुप तयारी गर्नेगरी खेल मैदानको डीपीआर तयार पार्न निर्देशन दिएका हुन् । उनले भने ‘११औँ राष्ट्रिय खेलकुद यही हुन्छ तर खेलमैदानको अवस्था त्यस लायक छैन, अब बनाउनु पर्छ , छिटो डीपीआर तयारी प्रक्रिया अगाडी बढाउनुस् ।’
उनले जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला बनाउन भारत सरकार साकारात्मक देखिएकाले पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रुपैयाँ अन्तर्राष्ट्रिय रंगशालामै खर्च गर्ने गरी तत्काल प्रक्रिया अगाडी बढाउन भने । नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशालाको रुपमा श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माण हुन लागेको हो ।
तर मधेश सरकार र स्थानीय सरकारको अवरोधका कारण निर्माण कार्य तिव्रगतिमा अघि बढन सकेको छैन । पछिल्लो पटक तत्कालिन मुख्यमन्त्री लालबाबु राउत बिरगंज लग्ने प्रयास गरेका थिए भने सरोज यादवले चासो नै लिएनन् । स्थानीय सरकारले यश लिन असहयोग नै गर्दै आएको छ । डीपीआर तयार गर्न राष्ट्रिय खेलकुद परिषद् केही महिनाअघि नै प्रदेश सरकारलाई पत्र लेखेको छ । तर हालसम्म चासो लिएको छैन ।
निरिक्षणको क्रममा मधेश प्रदेशका मुख्यमंत्री सतीश सिंह, भौतिक पुर्वाधार मंत्री सरोज यादव , जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज साह र अभियानी दिनेश पुर्वे लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।