Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामजानकी रंगशालाको डीपीआर तयार गर्न निर्देशन





जनकपुरधाम ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश सरकारलाई जनकपुरधाममा रहेको श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालाको डीपीआर तयार प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।
श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निरिक्षण गर्न जनकपुरधाम आई पुगेका मन्त्री चौधरीले ११औं रास्ट्रीय खेलकूद मधेशमै हुने भएका सोही अनुरुप तयारी गर्नेगरी खेल मैदानको डीपीआर तयार पार्न निर्देशन दिएका हुन् । उनले भने ‘११औँ राष्ट्रिय खेलकुद यही हुन्छ तर खेलमैदानको अवस्था त्यस लायक छैन, अब बनाउनु पर्छ , छिटो डीपीआर तयारी प्रक्रिया अगाडी बढाउनुस् ।’
उनले जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला बनाउन भारत सरकार साकारात्मक देखिएकाले पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रुपैयाँ अन्तर्राष्ट्रिय रंगशालामै खर्च गर्ने गरी तत्काल प्रक्रिया अगाडी बढाउन भने । नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशालाको रुपमा श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माण हुन लागेको हो ।
तर मधेश सरकार र स्थानीय सरकारको अवरोधका कारण निर्माण कार्य तिव्रगतिमा अघि बढन सकेको छैन । पछिल्लो पटक तत्कालिन मुख्यमन्त्री लालबाबु राउत बिरगंज लग्ने प्रयास गरेका थिए भने सरोज यादवले चासो नै लिएनन् । स्थानीय सरकारले यश लिन असहयोग नै गर्दै आएको छ । डीपीआर तयार गर्न राष्ट्रिय खेलकुद परिषद् केही महिनाअघि नै प्रदेश सरकारलाई पत्र लेखेको छ । तर हालसम्म चासो लिएको छैन ।
निरिक्षणको क्रममा मधेश प्रदेशका मुख्यमंत्री सतीश सिंह, भौतिक पुर्वाधार मंत्री सरोज यादव , जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज साह र अभियानी दिनेश पुर्वे लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।