Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार महासंघको निर्वाचनको मिति असोज ५ गते तोकियो





काठमाडौं ।
नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ । सदस्यता शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो ।
त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । यसअघि असार २२ गते निर्वाचन मिति तय भएको थियो ।