Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल प्रहरीको ९० अधिकृतलाई एकैपटक अवकाश





काठमाडौं ।
नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत भदौ १६ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् ।
प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए ।
निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् ।