Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सशस्त्र प्रहरीमा दुई डीआईजीसहित १६ अधिकृत अवकाशमा





काठमाडौं ।
सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरु अवकाशमा गएका हुन् ।
खत्री सशस्त्र प्रहरी बलको बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख थिए । ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरु अनिवार्य अवकाशमा गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उनका अनुसार, ११ जना एसपीहरु पनि अवकाशमा गएका छन् ।
अवकाश पाउने एसपीहरुमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल छन् ।
उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए । दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन् । उनीहरुमध्ये शाहीले अवकाश अघि विशेष बढुवा पाएका थिए ।
सशस्त्र प्रहरीमा ३० वर्ष सेवा पूरा गरेर अवकाशमा जान लाग्दा एउटै दर्जामा ५ वर्ष अवधि पूरा गरेको भए विशेष बढुवा दिने प्रावधान छ ।