Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एकिकृत समाजवादी भित्रको असन्तुष्टी साम्य पार्ने जिम्मा ७ नेतालाई





काठमाडौँ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न ७ नेतालाई जिम्मेवारी दिएको छ ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशका असन्तुष्ट नेता तथा कार्यकर्ताका समस्या सुन्न र समस्या सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको हो । अनौपचारिक बैठक बसेर असन्तुष्टि सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने, ‘कोशीमा जगन्नाथ खतिवडा, मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।’
सो पार्टीमा पदाधिकारी र पोलिटब्युरो चयनका क्रममा नेतृत्वले काखापाखा गरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ ।