काठमाडौँ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न ७ नेतालाई जिम्मेवारी दिएको छ ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशका असन्तुष्ट नेता तथा कार्यकर्ताका समस्या सुन्न र समस्या सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको हो । अनौपचारिक बैठक बसेर असन्तुष्टि सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने, ‘कोशीमा जगन्नाथ खतिवडा, मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।’
सो पार्टीमा पदाधिकारी र पोलिटब्युरो चयनका क्रममा नेतृत्वले काखापाखा गरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ ।