जनकपुरधाम ।
जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा लक्ष्मण साह र्निविरोध निर्वाचित भएका छन् । पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमै पराजित साह यस पटक भने निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा उनीसंगै उम्मेदवारी दिएका विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । निर्वाचन समितिका सदस्य कृष्ण दिक्षितले सुडीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।