जनकपुरधाम ।
राजर्षि जनक विश्वविद्यालयमा शुक्रवार विद्यार्थीहरुद्वारा लगाइएको ताला आजपनि खोलिएको छैन । एकैपटक ६० वटा निजि कलेजलाई सम्बन्धन दिएपछि विश्वविद्यालयको चर्को आलोचना भइरहेको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रवेश यादवले ५ सय विद्यार्थी रहेको राजर्षी जनक विश्वविद्यालय राम्रो संग चलाउने सक्षम नभएको बेला यसप्रकारको सम्बन्धन दिनु गलग भएको बताए । निजि कलेजहरुलाई दिएको सम्बन्धन तत्काल रद्द गर्दैन तबसम्म उपकुलपतिको कार्यालय, राजिष्टारको कार्यालय र हयुमिनिटी एण्ड ल शाखाको डीन कार्यालयमा तालबन्दी गरिएको छ ।
विश्वविद्यालयका उपकुलपति अमर यादवले प्रहरी लगाएर शुक्रवार ताला तोडाउन लगाएको थियो तर ताला खोलिएको केही मिनेटमै फेरी विद्यार्थी युनियनले तालावन्दी गरेको थियो ।
विश्वविद्यालयका रजिष्टार सत्यनारायण साहले मोडेल खबरसँग कुरा गर्दै विश्वविद्यालयका अधिकारी र विद्यार्थी युनियनसँग आज विहान ११ बजे वार्ताको समय निर्धारण गरेको थियो तर युनियका अधिकारीहरु अहिलेसम्म पुगेका छैनन् । हामी केही घण्टा अझै प्रतीक्षा गछौँ यदि वार्ताकालागि आएनन् भने हामी फेरी प्रहरीलाई ल्याएर ताल्चा खोलि दिन्छु बताए ।
विद्यार्थी युनियनले वार्ताकालागि आफूहरुलाई औपचारिक वार्ताकालागि नबोलाएकाले अहिलेसम्म नगएको सचिव राजु अधिकारीले बताए । सचिव अधिकारी आफू अहिलेपनि विश्वविद्यालय कलेजकै प्राङ्गणमा रहेको जानकारी दिए ।
देशभरिका निजि कलेजलाई सम्बन्धन दिनु विश्वविद्यालयको नियम हुँदा पनि हरबरीमा जुनरुपमा सम्बन्धन दिएको हो त्यो कार्यको आलोचना भइरहेको छ । केही व्यक्तिले सम्बन्धन दिनेबेलामा पैसाको पनि लेनदेन भएको पनि आरोप लगाएका छन् ।