Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अवैध चोरीशिकारी प्रकरणमा पोस्टमार्टमका लागि खाल्डोबाट निकालियो बँदेल





जनकपुरधाम ।
अवैध चोरीशिकारी गर्नेहरूले मारेको बँदेललाई गाडिएको खाल्डोबाट चार दिनपछि निकालिएको छ । गत बिहीबार साँझ सब–डिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्डोबाट निकालिएको हो ।
अवैध चोरीशिकारी गर्नेहरूले मारेको बँदेल पोस्टमार्टमबिना नै गाडिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा गाडिएको स्थानबाट बँदेल निकालिएको हो ।
खाल्डोबाट निकालिएको बँदेल पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण लागिएको गत भदौ १२ गते मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सन्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिन हतार–हतारमा बँदेल गाडिएको थियो ।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको निर्देशनमा शिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सब–डिभिजन वन कार्यालयमा बुझाई पक्राउ गरिएका पूर्वडीआइजी शाहसमेत १० जनालाई गत बिहीबार नै छोडिएको थियो ।