Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महामन्त्री पदमै बहाली गर्न मुकुलको पुनरावेदन





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बनमा परेका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुनरावेदन गरेका छन् । आइतबार उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।
‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पुनरावेदन गरेको छु‚’ उनले भने‚‘ साधारण सदस्यबाट हटाइएको भनिएको निर्णयविरुद्ध नभई महामन्त्री पदबाट हटाइएको भनिएको निर्णयविरुद्ध पार्टीकै पुनरावेदन समितिमा पुनरावेदन गरिएको हो ।’
उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।