Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

ट्रम्पविरुद्ध ह्यारिसको टिप्पणी– सैनिकको चिहान राजनीति गर्ने ठाउँ होइन





एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।
ट्रम्पले हालै अर्लिङटन नेसनल सेमेट्रीमा भाषण गरेपछि ह्यारिसले उनको आलोचना गरेकी हुन् । ह्यारिसले सैनिकको चिहान राजनीति गर्ने ठाउँ नभएको टिप्पणी गरिन् ।
ट्रम्पको आलोचना गर्दै ह्यारिसले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उन (ट्रम्प) ले केवल राजनीतिका लागि त्यो पवित्र स्थानको अपमान गरेका छन् ।’ यसै हप्ता सोमबार ट्रम्पले अफगानिस्तानमा मारिएका १३ अमेरिकी सैनिकको परिवारलाई सम्मान गर्न अर्लिंगटन राष्ट्रिय समाधिस्थल पुगेका थिए ।
यो क्रममा ट्रम्पको चुनावी अभियानका एक कार्यकर्ताले त्यहाँका कर्मचारीलाई धकेलेको आरोप लगाइएको छ । ती कर्मचारीले ट्रम्पसँग उपस्थित कामदारलाई फोटो खिच्न तोकिएको नियमबारे बताइरहेका थिए । ट्रम्पको अभियानसँग सम्बन्धित अधिकारीले यसका लागि सैनिकका परिवारबाट स्वीकृति लिएको बताएका छन् ।