Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पविरुद्ध ह्यारिसको टिप्पणी– सैनिकको चिहान राजनीति गर्ने ठाउँ होइन





एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।
ट्रम्पले हालै अर्लिङटन नेसनल सेमेट्रीमा भाषण गरेपछि ह्यारिसले उनको आलोचना गरेकी हुन् । ह्यारिसले सैनिकको चिहान राजनीति गर्ने ठाउँ नभएको टिप्पणी गरिन् ।
ट्रम्पको आलोचना गर्दै ह्यारिसले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उन (ट्रम्प) ले केवल राजनीतिका लागि त्यो पवित्र स्थानको अपमान गरेका छन् ।’ यसै हप्ता सोमबार ट्रम्पले अफगानिस्तानमा मारिएका १३ अमेरिकी सैनिकको परिवारलाई सम्मान गर्न अर्लिंगटन राष्ट्रिय समाधिस्थल पुगेका थिए ।
यो क्रममा ट्रम्पको चुनावी अभियानका एक कार्यकर्ताले त्यहाँका कर्मचारीलाई धकेलेको आरोप लगाइएको छ । ती कर्मचारीले ट्रम्पसँग उपस्थित कामदारलाई फोटो खिच्न तोकिएको नियमबारे बताइरहेका थिए । ट्रम्पको अभियानसँग सम्बन्धित अधिकारीले यसका लागि सैनिकका परिवारबाट स्वीकृति लिएको बताएका छन् ।