जनकपुरधाम ।
भगवान गणिनाथको जन्म महोत्सव पूजा अराधना गरी मनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलास्थित गणिनाथ मन्दिरमा गणिनाथ गोविन्द जन्मोत्सव पूजा अराधना गरी मनाइएको हो ।
सो अवसरमा दुधमतीको किनारमै अवस्थित गोविन्द मन्दिरलाई सिंगारिएको थियो । कानु , परासर तथा सुडी सहितका विभिन्न समुदायमा घर गोसाँईको रुपमा पुजनीय गणिनाथको पुजनोत्सवको अवसरमा मेला भर्नेहरुको घुँईचो लागेको थियो ।