Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कृषि विद्युतिकरणका लागि पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता





जनकपुरधाम ।
उर्जा सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले कृषि क्षेत्रको विकासका लागि कृषि विद्युत्तिकरणकालागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धनुषाको नगराईन नगरपालिका १ खड्का गाउँमा तत्काल डिप बोरिङ्ग जडान गराउने घोषणा गर्दै कृषि विद्युतिकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यहाँका किसानहरुको पीडा सुन्दै मन्त्री यादवले भने ‘आफू मन्त्री बन्नुभन्दा पहिले नै बजेट बनिसकेकाले तत्काल एउटा डिप बोरिंगको व्यवस्था गराउने र बजेटको अवस्था हेरेर थप बोरिंगको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरे ।
किसानहरुसँगको भेटको क्रममा नगराईन नगरपालिकाका नगरप्रमुख विनय यादवले जमुनी नदी र जलाध नदी अन्तर्गतको फाटक व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्न आग्रह गरे ।
मन्त्री यादवले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक करोड रुपैयाको दरले कृषि विद्युतिकरणको बजेट छुटयाइएकाले सम्बन्धी प्रदेशसभा सदस्यसँग समन्वय गरी नगराईन नगरपालिकाका लागि पनि पहल गर्ने र विद्युत प्राद्यिकरणसँग समेत पहल गर्ने जानकारी दिए ।