Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

कृषि विद्युतिकरणका लागि पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता





जनकपुरधाम ।
उर्जा सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले कृषि क्षेत्रको विकासका लागि कृषि विद्युत्तिकरणकालागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धनुषाको नगराईन नगरपालिका १ खड्का गाउँमा तत्काल डिप बोरिङ्ग जडान गराउने घोषणा गर्दै कृषि विद्युतिकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यहाँका किसानहरुको पीडा सुन्दै मन्त्री यादवले भने ‘आफू मन्त्री बन्नुभन्दा पहिले नै बजेट बनिसकेकाले तत्काल एउटा डिप बोरिंगको व्यवस्था गराउने र बजेटको अवस्था हेरेर थप बोरिंगको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरे ।
किसानहरुसँगको भेटको क्रममा नगराईन नगरपालिकाका नगरप्रमुख विनय यादवले जमुनी नदी र जलाध नदी अन्तर्गतको फाटक व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्न आग्रह गरे ।
मन्त्री यादवले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक करोड रुपैयाको दरले कृषि विद्युतिकरणको बजेट छुटयाइएकाले सम्बन्धी प्रदेशसभा सदस्यसँग समन्वय गरी नगराईन नगरपालिकाका लागि पनि पहल गर्ने र विद्युत प्राद्यिकरणसँग समेत पहल गर्ने जानकारी दिए ।