Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई मंगोलियामा गिरफ्तार गर्न भन्यो





एजेन्सी ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ । पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन् ।
पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । आईसीसीका प्रवक्ता डाक्टर फादी अल–अब्दल्लाहले अदालत मंगोलियालगायतका सदस्य राष्ट्रहरूमा ‘आफ्नो आदेशको पालना गर्न’ निर्भर रहेको बताए । उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मंगोलियाको दायित्व भएको उनको भनाई थियो ।
मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले रुस र युक्रेनबिच जारी संघर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ ।
तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो ।
यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन् । युक्रेनी विदेश मन्त्रालयले भन्यो, ‘हामीहरूलाई आशा छ, मंगोलियालाई थाहा छ कि पुटिन युद्ध अपराधी हुन् भनेर ।’
यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा ‘कुनै चिन्ता’ नभएको बताएको छ ।