Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ब्राजिलमा सामाजिक संजाल एक्समाथी प्रतिबन्ध





एजेन्सी ।
ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथी प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्स निर्धारित समयभित्र ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो ।
अलेक्जान्डर डे मोरेसले अदालतका सबै आदेश पूरा नगर्दा र जरिवाना नतिर्दासम्म एक्सलाई तत्काल र पूर्ण निलम्बनको आदेश दिएका थिए । गत अप्रिलमा गलत सूचना फैलाएको ठहर गर्दै ब्राजिलका न्यायाधीशहरूले दर्जनौँ एक्स अकाउन्टमा प्रतिबन्ध लगाएपछि यो मुद्दा सुरु भएको थियो ।
उक्त आदेशमा जवाफ दिँदै एक्स मालिक एलोन मस्कले भनेका थिए, ‘वाक स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधार हो र ब्राजिलका न्यायाधीश जो जनताबाट निर्वाचित होइनन्, उनीहरू राजनीतिक दबाबमा झुकेर यसलाई नष्ट गरिरहेका छन् ।’