Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

ब्राजिलमा सामाजिक संजाल एक्समाथी प्रतिबन्ध





एजेन्सी ।
ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथी प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्स निर्धारित समयभित्र ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो ।
अलेक्जान्डर डे मोरेसले अदालतका सबै आदेश पूरा नगर्दा र जरिवाना नतिर्दासम्म एक्सलाई तत्काल र पूर्ण निलम्बनको आदेश दिएका थिए । गत अप्रिलमा गलत सूचना फैलाएको ठहर गर्दै ब्राजिलका न्यायाधीशहरूले दर्जनौँ एक्स अकाउन्टमा प्रतिबन्ध लगाएपछि यो मुद्दा सुरु भएको थियो ।
उक्त आदेशमा जवाफ दिँदै एक्स मालिक एलोन मस्कले भनेका थिए, ‘वाक स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधार हो र ब्राजिलका न्यायाधीश जो जनताबाट निर्वाचित होइनन्, उनीहरू राजनीतिक दबाबमा झुकेर यसलाई नष्ट गरिरहेका छन् ।’