Breaking 
प्रदेशसभा सदस्य सरोज कुशवाहाको पद निलम्बन | लिची खानुका ६ फाइदा | हुसेन सलामी मारिएपछि इरानको रिभोलुसनरी गार्डको नयाँ प्रमुख बने वाहिदी | न्यायाधीशमाथि कालो मोसो प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइयो | सोनामे डेग–डेगपर कर | रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी | बमको हल्लापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण | स्थानीय तहका पदाधिकारीहरूको वैदेशिक भ्रमणको विवरण सामान्य प्रशासन मन्त्रालयले माग्यो | सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायी आन्दोलित | एकै दिन ४ हजार २ सयले बढ्यो सुनको मूल्य |

जगदम्बाश्री पुरस्कार भाषाविद् योगेन्द्र यादवलाई





जनकपुरधाम ।
२०८० सालको जगदम्बाश्री पुरस्कार भाषाविद् योगेन्द्र यादवलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा बैठकबाट भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बाश्री पुरस्कार दिइँदै आएको छ । जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि दिन थालिएको हो । पहिलोपटक उक्त पुरस्कार नारायणगोपाललाई प्रदान गरिएको थियो । रानी जगदम्बाकुमारी देवीको स्मृति चिरस्थायी राख्ने उद्देश्यले गुठीले जगदम्बीश्री पुरस्कार स्थापना गरेको थियो ।