Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिए राजिनामा





काठमाडौं ।
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवाली समक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी भदौ २२मा अवकाशमा जाँदै थिए । सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रह्न भनेका थिए । यो सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।
स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।