Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको अध्यक्ष पदकालागि जितेन्द्र, सुरेन्द्र र मनिषको उम्मेदवारी दर्ता





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदकालागि ३ जनाको उम्मेदवारी परेको छ । जउवा संघको नयाँ नेतृत्वकालागि भदौ २९ गते हुने निर्वाचनकालागि निवर्तमान बरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान बरिष्ठ उपाध्यक्ष मनिषरमण साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन । जितेन्द्र यस अघि बरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालि सकेका छन् भने पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी सदस्य, महासचिव तथा उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल बरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।
यता अन्य पदकालागि उम्मेदवारी दर्ता अहिले पनि जारी रहेको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।