Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमसीसीले लगायो प्रसारण लाइनकोे ठेक्का





काठमाडौं ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजना अन्तर्गत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौता हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणले यो खण्डको निर्माण अति जरुरी रहेको भन्दै छुट्टै प्याकेजमा निर्माण गर्न दबाब दिएपछि एमसीएले छुट्टै बोलपत्र गरेको थियो ।
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन पहिलो वर्ष पूरा गर्दा पहिलोपटक प्रसारणलाइनको ठेक्का लगाएको छ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसी तथा एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।