Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

एमसीसीले लगायो प्रसारण लाइनकोे ठेक्का





काठमाडौं ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजना अन्तर्गत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौता हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणले यो खण्डको निर्माण अति जरुरी रहेको भन्दै छुट्टै प्याकेजमा निर्माण गर्न दबाब दिएपछि एमसीएले छुट्टै बोलपत्र गरेको थियो ।
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन पहिलो वर्ष पूरा गर्दा पहिलोपटक प्रसारणलाइनको ठेक्का लगाएको छ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसी तथा एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।