Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोलकाता बलात्कार–हत्या प्रकरणः मृतककी बुवा र अस्पतालबीचको कुराकानीको बाहिरियो





एजेन्सी ।
भारतस्थित कोलकाताको आरजी कर मेडिकल कलेजका अधिकारी र बलात्कारपछि हत्या गरिएकी डाक्टरका बुवाबीच भएको फोन कुराकानीको अडिओ रेकर्डिङ सार्वजनिक भएपछि उक्त प्रकरणमा विवाद बढेको छ ।
उक्त रेकर्डिङ बिहीबार सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले ‘गलत सूचना’ मात्र नभई आफ्नो मनोवृत्ति पनि ‘असंवेदनशील’ देखिएको आरोप लागेको छ ।
तीन अडिओ क्लिपमध्ये पहिलो ७१ सेकेन्ड, दोस्रो ४६ सेकेन्ड र तेस्रो २८ सेकेन्डका छन् । सामाजिक सञ्जालका साथै धेरै निजी न्युज च्यानलले पनि अडिओ सार्वजनिक गरेका छन् । उक्त अडिओमा आफूलाई अस्पतालकी सहायक सुपरिटेन्डेन्ट भनिने एक महिलाले पीडितका बुबालाई फोन गरेकी छन् ।
कोलकाता प्रहरीका केन्द्रीय डिभिजन डेपुटी कमिश्नर इन्दिरा मुखर्जीले उक्त अडिओले महिला डाक्टरको मृत्यु आत्महत्याले नभएको प्रमाणित गरेको बताएकी छन् । पीडित परिवारले भदौ ९ गते बिहान अस्पतालबाट तीन पटक फोन आएपछि त्यहाँ पुगेको बताएका छन् ।