जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको भदौ २९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउने कार्य शुरु भएको छ । निर्वाचन आयुक्त ललित साहका अनुसार व्यापार संघको प्रागंणमा उम्मेदवार र समर्थकहरुको बिहान १० बजेदेखि नै भीड रहेको छ ।
१५ पदका लागि ४४ जनाले उम्मेदवारी दिने भएका छन् । हिजो ४४ जनाले उम्मेदवारी दर्ताका लागि फारम खरिद गरेका थिए ।
अध्यक्षपदमा जितेन्द्र प्रसाद साह, मनिष कुमार साह र सुरेन्द्र भण्डारीले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । जितेन्द्र पूर्व वरिष्ठ उपाध्यक्ष, मनिष वर्तमान वरिष्ठ उपाध्यक्ष, र भण्डारी पूर्व उपाध्यक्ष हुन् । तीनै जनाले अध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्यसैगरी १ जना वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार साह, विकास कुमार चौधरी र अम्बु प्रसाद साहले उम्मेदवारी दिने भएका छन् । तीनैजनाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन मनोनयन फार्म खरिद गरेका छन् । अम्बु यसअघि उपाध्यक्ष थिए ।
त्यसैगरि १ जना खुला उपाध्यक्षका लागि लक्ष्मण साह र विश्वनाथ साह सुडीले उम्मेदवारी दिने भएका छन् । महिलाका लागि आरक्षित १ उपाध्यक्षमा भने ३ जनाले उम्मेदवारी दिने भएका छन् । रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिन फारम लगेको निर्वाचन समितिले जनाएको छ । तर १ जना महासचिवका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । हाल सचिव रहेका फुलदेव पण्डित, गणेश कुमार साह, अशोक कुमार चौधरी र सुधिर पजियारले उम्मेदवारी दिने भएका छन् । त्यसैगरि १ सचिव पदका लागिपनि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रवण कुमार साह, नरेन्द्र बिक्रम साह, राकेश पजियार र गोपी कुमार साहले उम्मेदवारी फारम लगेको बताइएको छ ।
जउवा संघको १ जना कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । संघले जनाए अनुसार रामचन्द्र पंजियार, मनोज कुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साहले उम्मेदवारी दिने भएका छन् । परमेश्वर साह वर्तमान कोषाध्यक्ष हुन् । १ जना एसोसिएट सदस्य पदका लागि २ जना दीपक कुमार साह र अभिषेक कुमार चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सर्वाधिक प्रतिष्पर्धा कार्यकारिणी समितिको सदस्य पदका लागि हुने भएको छ । ६ पदका लागि १७ जनाले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दिने तयारी गर्नेहरुमा रमेश महतो, सन्तोष कुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेश कुमार साह, दीपमणि साह, प्रवीण कुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरज कुमार साह, रामजिवन साह, राकेश कुमार साह, जिवछ साह, बलराम कुमार साह, ध्रुव कुमार साह, सुनिल दास कथवनिया र दिलिप कुमार साह रहेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् ।