Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

आगामी बैशाखमा महाधिवेशन गर्ने लोसपाको तयारी





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल आगामी बैशाखमा महाधिवेशन गर्ने तयारी गरेको छ । तमलोपा हुँदै विभिन्न पार्टीसँग एकीकरण तथा टुटफुट हुँदै पछिल्लो समय जनता समाजवादी पार्टी पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टीको निर्माण भएको हो ।
लोसपा नेपालले गत भदौ ९ गते ३ वर्ष पूरा गरिसकेको छ । तमलोपा हुँदै लोसपासम्मको यात्रामा एक पटक २०७३ मा महाधिवेशन भएको यो पार्टीमा आठ वर्षपछि पुनः महाधिवेशन हुन लागेको हो । लोसपा नेपालको महाधिवेशन वैशाखमा हुन लागेको छ । तमलोपापछि राजपा, जसपा नेपाल हुँदै लोसपा नेपाल बनेको हो । त्यो अवधिमा एउटा महाधिवेशन मात्र गराएका लोसपाका अध्यक्ष महन्थ ठाकुर यस पटक २०८२ वैशाखमा जसरी पनि महाधिवेशन गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि साधारण सदस्यता वितरण कार्य सुरु भइसकेको छ ।
असार मसान्तसम्म पहिलो चरणको सदस्यता वितरण कार्यक्रम सुरु गरिएको थियो । जिल्ला जिल्लामा त्यसका लागि पाँच लाख सदस्यता पठाइएको थियो । त्यसमध्ये कति काटियो, कति बाँकी छ भन्ने अभिलेख पार्टीले तयार भईरहेको छ ।
महाधिवेशनकै तयारीका लागि भदौ १९ गते पदाधिकारीको बैठक बस्ने लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बताए । सो बैठकले महाधिवेशनका लागि के कस्तो तयारी गर्ने भन्नेबारेमा छलफल गर्नुको साथै आवश्यकता अनुसार तयारी समिति बनाउने उनले बताए ।