काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा मिल्न सकेको छैन । प्रतिवेदनमा कुरा नमिलेपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ । बिहिबार पनि बैठकमा मिलाउनु प¥यो हटाउनु प¥यो भन्ने देउवाको भनाइ रहेको उनले बताए ।
जवाफमा महामन्त्रीद्वयले तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए । ’आज पनि कुरा नमिलेपछि शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ’उनले भने ।