Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको मनोनयन शुल्क निर्धारण, चर्को शुल्क राखिएकोमा आलोचना

निर्वाचन प्रमुख भन्छन्ः मनोनयन शुल्क बढाएका छैनौँ





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनका लागि मनोनयन शुल्क निर्धारण गरिएको छ । भदौ २९ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन समितिले मनोनय शुल्क निर्धारण गरेको हो ।
निर्वाचन समितिका अध्यक्ष ललितकुमार साहका अनुसार अध्यक्ष पदकालागि ५५ हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्ष पदकालागि ५१ हजार रुपैयाँ र उपाध्यक्ष पदका लागि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । त्यस्तै महिला उपाध्यक्षका लागि ३० हजार रुपैयाँ, महासचिव पदका लागि ४५ हजार रुपैयाँ, सचिव पदका लागि ४० हजार रुपैयाँ र कोषाध्यक्ष पदका लागि ४० हजार रुपैयाँ निर्धारण गरिएको जनाइएको छ । एशोसिएट सदस्य पदकालागि ४० हजार रुपैयाँ, संगठित सदस्य पदका लागि ४० हजार रुपैयाँ, सम्बद्ध सदस्य पदका लागि पनि ४० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको मनोनयन शुल्क यति महँगो निर्धारण गरिएकोमा साना व्यापारीहरुले आलोचना गरिरहेका छन् । संसदको निर्वाचनभन्दा पनि महँगो निर्वाचन जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन हुँदै गईरहेको भन्दै गुनासो ती व्यापारीहरुको छ ।
यता निर्वाचन समितिका संयोजक ललित साहले निर्वाचन समितिको बैठक बसेर शुल्क निर्धारण गरिएको बताए । उनले भने ‘यो पुरानै शुल्कलाई हामीले निरन्तरता दिएका छौँ, शुल्क थोरै पनि बढाएका छैनौँ ।’