Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा बँदेल मारेको आरोपमा पूर्व डिआइजीमाथी छानबिन





जनकपुरधाम ।
सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहितका करिब एक दर्जन व्यक्तिमाथि प्रहरीले छानबिन अघि बढाएको छ ।
उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो । जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ ।