Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

जसपा नेपालको दल विभाजन सम्बन्धि मुद्दाको पूर्ण इजलासमा सुनुवाइ हुँदै





काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजलास)मा पेसी तोकिएको छ । यसअघि संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जेठ २७ गते बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको थियो । उक्त आदेश अनुसार बिहीबार कुमार रेग्मी,तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको हो । उनको पेशी २ नम्बरमा तोकिएको छ ।
दुई दिनको बहस सुनेपछि सर्वोच्चले तीन न्यायाधीशको पूर्ण इजलासमा पठाएको थियो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
त्यस्तै आफ्नो दल छाडेर जाने ७ सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
पहिलो सुनुवाइमा उक्त आदेश जारी भएपनि राई पक्षले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिए ।