Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पदाधिकारीमा पराजित पोलिटब्युरोमा विजयी

मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा पनि पोलिटब्युरो सदस्यमा जिते





जनकपुरधाम ।
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हारेका केही नेता पोलिटब्युरो सदस्यमा विजयी भएका छन् । महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, खुला उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा विजयी भएका हुन् ।
एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको छ । पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो ।
गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदाधिकारी छनोट गर्न सकेको थिएन । एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ ।
एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।
मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । मधेसी उपाध्यक्षमा पराजित झा भने पोलिटब्युरो सदस्यमा विजयी हुँदै एकिकृृत समाजवादी पार्टीको केन्द्रिय कमिटीमिा स्थानमा जोगाउन सकेका हुन् ।