Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने पश्चिम बंगालकी मृख्यमन्त्री ममताको घोषणा





एजेन्सी ।
भारत पश्चिम बंगाल राज्यको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कार तथा हत्याविरुद्ध जारी प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन् ।
आगामी साता संसद् बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी १० दिनभित्र विधेयक पारित गरिने उनको भनाइ छ ।
मुख्यमन्त्री बनर्जीले भनिन्, ‘यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ । यदि उउनले विधेयक स्वीकृत गरेनन् भने हामी राजभवनबाहिर आन्दोलन गर्नेछौँ । यो विधेयक पारित गर्नुपर्छ र यसपटक उनले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन् ।