Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेश सभाका महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने तालिम

नेतृत्व विकासका लागि अवसर दिनुपर्छः पूर्व सांसद मिन विश्वकर्मा





जनकपुरधाम
मधेश प्रदेश सभाका महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले एक दिवसीय तालिम जनकपुरधाममा आज सम्पन्न भएको छ । संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग एवं मधेश प्रदेश सभाको समन्वयमा सिआइसी जनकपुरधामद्वारा आयोजित सो समारोहमा तालिममा सहभागि भएका महिलाहरुले यस्ता तालिमले ज्ञान बढनुका साथै बोल्ने क्षमताको विकास हुने बताए ।
प्रशिक्षण दिदै पूर्व सांसद मिन विश्वकर्माले नेतृत्व विकासका लागि अवसर दिनुपर्छ र अवसर प्राप्त गरेकाले विषयगत ज्ञानका लागि मेहनत गर्नुपर्छ सुझाव दिनुभयो । उहाँले संसदीय नेतृत्व विकास, नागरिक संलग्नता र सार्वजनिक भाषण सम्बन्धमा प्रशिक्षण दिनुभयो ।
अर्का प्रशिक्षक मोहनलाल आचार्यले कानुन निर्माणमा महिला सांसदको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए । उहाँले प्रशिक्षणको क्रममा कानून निर्माण हुँदा छलफलमा दिने बुँदाहरु राम्रो ढंगले बढेर त्यसको प्रभावलाई विश्लेषण गर्नुपर्छ उल्लेख गर्नुभयो ।
समारोहमा सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले सांसदमा बस्नका लागि मात्र नभइ हरेक गतिविधिमा भागलिने हिसाबले महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने योजनातहत आफूहरु कार्य गरिरहेको बताए ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगका बिट्टु श्रीवास्तवले प्रशिक्षणपछि महिला सांसदहरुको बौद्धिक विकास भइरहेको र यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
समारोहमा प्रदेशसभाका विभिन्न सांसदहरुले पनि आफनो धारणा राखेका थिए ।