Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

योगेशले संसद् बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन





काठमाडौँ ।
सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।
बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीको सशस्त्र युद्धलाई पटक पटक ‘हिंसा’ भन्दै सम्बोधन गरेपछि माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका थिए ।
सोही विषय चर्किएपछि निकैबेर संसद्मा एमाले र माओवादीका सांसदहरूबीच भनाभनको अवस्था सिर्जना भएको थियो । उक्त विषयमा सभामुख घिमिरेले छानबिन गर्न संसद् सचिवालयलाई निर्देश गरेका छन् । ‘यहाँ उठेका विषयमा, खासगरी प्रयोग भएको हिंसा भन्ने शब्दमाथि छानबिन गरेर निर्णय लिन म सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुख घिमिरेले भने ।
सांसद भट्टराईले राखेको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए ।
प्रतिनिधिसभा नियमावलीको २५ मा रहेर आफ्नो नियमापत्ति रहेको उनले बताए । ‘बोल्दै गर्नुभएको माननीयले गैरसंसदीय र अमर्यादित शब्द बोल्नुभएको छ । त्यसकारण नियमापत्ति गर्छु, माइक पाउँ,’ उनले भनेका थिए । एमाले सांसद भट्टराईले पटक पटक हिंसा नै हो भनेपछि विवाद बढेको थियो।
‘यो हाम्रो परिभाषा हो । उहाँले मान्नैपर्छ भन्ने छैन । उहाँले नमाने पनि हुन्छ । केही फरक पर्दैन,’ योगेशले थप भनेका थिए ।
उता, प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू झनै आक्रामक देखिए । उनीहरूले ‘मान्दैनौँ’ भन्दै आपत्ति जनाएका थिए ।