Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अवकाश नगर्न माग गर्दै प्रहरीका दुई एआईजी पुगे सर्वोच्च





काठमाडौँ ।
उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकालसहित ६ जना उच्च अधिकृतहरूले अदालतमा रिट दर्ता गराएका छन् । उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
एआईजी ज्ञवाली सहितका अधिकृतहरूको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट हाल्नेमा दुईजना एआईजी, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल छन् । त्यस्तै इन्स्पेक्टर नागेन्द्र ठाकुरले पनि रिट दायर गरेका हुन् ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।
डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जान लागेका हुन् । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन् ।
यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश हरि फुयाँलले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छन् । त्यसबारे असोज १० मा सुनुवाइ हुँदै छ ।
सशस्त्रका डीआईजी अभि कुमार खत्रीसहतिका १२ जनाले पनि ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका छन् । सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको रिटमा न्यायाधीश सारंगा सुवेदीले कारण देखाऊ आदेश जारी गरेकी छन् ।