Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

अवकाश नगर्न माग गर्दै प्रहरीका दुई एआईजी पुगे सर्वोच्च





काठमाडौँ ।
उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकालसहित ६ जना उच्च अधिकृतहरूले अदालतमा रिट दर्ता गराएका छन् । उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
एआईजी ज्ञवाली सहितका अधिकृतहरूको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट हाल्नेमा दुईजना एआईजी, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल छन् । त्यस्तै इन्स्पेक्टर नागेन्द्र ठाकुरले पनि रिट दायर गरेका हुन् ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।
डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जान लागेका हुन् । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन् ।
यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश हरि फुयाँलले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छन् । त्यसबारे असोज १० मा सुनुवाइ हुँदै छ ।
सशस्त्रका डीआईजी अभि कुमार खत्रीसहतिका १२ जनाले पनि ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका छन् । सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको रिटमा न्यायाधीश सारंगा सुवेदीले कारण देखाऊ आदेश जारी गरेकी छन् ।